• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

रुकुममा संरक्षण बिहिन वालवालिकाको उद्दार


रुकुम: रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघाकी केशरी ओलीले २०७० मा गरिबीका कारण आत्महत्या गरिन्। चार सन्तानलाई जन्म दिएकी पत्नीले आत्माहत्या गरेपछि आर्थिक अवस्था निकै कमजोर भएका उनका पति सोविराम ओली रोजगारीका लागि चार वर्ष अघि भातर तिर छिरेका थिए। तर भारत गएपछि उनको अत्तो पत्तो केहि थाहा छैन। अहिले उनी बेखबर भएका छन।

तर घरमा रहेका चार सन्तानको दिन प्रतिदिन बिचल्ली हुँदै गएको थियो। संरक्षणको अभावले गर्दा उनिहरुका ९ वर्षका एक छोरा ललित,जिल्ला सदरमुकाम मुसीकोटको एक होटलमा काम गर्न थालेका थिए। घर खर्च चलाउन समस्या भएपछि होटलमा काम गर्न बाध्य भएको ललित बताउँछन्। र ललितको बहिनी खिमा ओलि पनि काम गर्न बाध्य भएकी थिइन।त्यसैले  उनीहरु उज्ज्वल भबिस्यको शिक्षा पाउनबाट बन्चित भएका थिए।

तर अहिले उनै संरक्षण बिहिन भएका ललित र खिमालाई जिल्ला वाल कल्याण समितिको पहलमा उद्दार गरिएको छ।

उनीहरुलाई अहिले आठवीसकोटमा रहेको सिस्मे हिमाल बालगृहमा पठाइएको वाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए।   संरक्षण अभावले पिछडिएका ४ बालबालिका मध्ये अरु दुईको पनि पहल भईरहेको उनको भनाई छ। अब उनीहरुको उचित संरक्षण हुने वाल अधिकार अधिकृत ओलीले बताएका छन। दुई वालवालिकाले लामो समय देखी खलंगाका होटलहरुमा काम गर्दै आएका पारिवारिक स्रोतले जनाएको छ।

‘उनीहरुलाइ उचित संरक्षणको आवश्यकता छ’ ओलीले भने,त्यो वालगृहवाट मात्र सम्भव छैन्। सबै क्षेत्रवाट उचित सहयोगको आवश्यक्ता रहेको उनले बताए’।

आमा बुवा नहुँदा बेसहारा भएका वालवालिकाहरु वालगृहमा पठाइएपछि खुशी भएका छन्। जिल्ला वाल कल्याण समितिले यहाँका होटलहरुमा वाल श्रम मुक्त बनाउने अभियान थालनी गरे संगै ।

संरक्षण विहिन हुँदा उनीहरुको मानसिकता नै कमजोर भएको वालअधिकारकर्मीहरु बताउँछन्।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार