• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

माओवादी बैठक निश्कर्षविहिनः मन्त्री छान्न प्रचण्ड, नारायणकाजी र बादललाई तनाव


फागुन १२, काठमाडौं ।

मन्त्री छनोटकालागि आज भएको माओवादी केन्द्रकाे बैठक निश्कर्षविहिन टुङगिएकाे छ । बैठक निश्कर्षविहिन सँगै  केपी ओली नेतृत्वकाे सरकारमा सहभागी हुन मन्त्री छनोटकाे लागी माअाेवादीमा सकस भएको छ । मन्त्री बन्ने आकांक्षि धेरै भएपछि छनोटमा समस्य भएको हो ।

माओवादी केन्ल्रले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्ड, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिएको थियो। मन्त्री छनोटकालागि आज भएको छलफलमा सहमति जुट्न नसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । खुमलटारस्थित पार्टी अध्यक्ष प्रचण्ड निवासमा आज विहान भएको शीर्ष नेताहरुको बैठकमा मन्त्री मण्डलमा सहभागी हुने नेताहरुको नाम तय गर्न सकेनन्।

स्रोतका अनुसार सहमति जुटाउन भोलीसम्म प्रयास गर्ने भन्दै भोलि विहानकालागि बैठक बस्ने तयारी भएको माओवादी नेताले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार