• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

दुखत खबरः हात्तीको आक्रमणबाट २ जनाको मृत्यु


फागुन १२, काठमाडौं ।

जंगली हात्तीको आक्रमणबाट झापामा २ जनाको मृत्यु भएको छ ।

जिल्लाकाे बिर्तामोड नगरपालिका–७ मियावस्तीका ७० वर्षीय लसुने मिया र वडा नम्बर ३ विर्ताबजार का ६५ वर्षीय च्याङ्ग्रा राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार बिहान बिर्तामोड–७ को सुन्दर निचाझोडा सामुदायिक वनमा घाँस दाउरा गर्न गएको समयमा उनीहरुलाई जंगली हात्तीको समुहले आक्रमण गरेको थियो ।

जंगली हात्तीको समूहले राजवंशीलाई छातीमा कुल्चिएको र मियालाई लछारपछार गरी खुट्टामा कुल्चिएको प्रहरीले जनाएको छ । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार