फागुन १२, काठमाण्डौ ।
एमाले- माओवादीबीच केहि समय यता एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल बिच पटक पटक भेटबार्ता गरी पार्टी एकता लाई सार्थकता दिन लगी परिरहेका छन। एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ ।
यसैक्रममा नेकपा एमालेका दुर्इ बरिष्ट नेता झलनाथ खनाल र माधव कुमार नेपालले छिटै नयाँ पार्टी हुने भन्दै अब एमाले र माअाेवादी एक भर्इसकेकाे बताएका छन् । उनि सहित दर्जनाै नेताहरुले अब नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी हुने बताएका छन् । अब एकिकरणलार्इ कसैले राेक्न नसक्ने भन्दै अाफुहरु एमाले छाेड्ने र माअाेवादी केन्द्रले पनि अाफ्नाे पार्टी छाेडेर नयाँ पार्टी विस्तार गर्न लागीपरेकाे उनिहरुले बताएका छन् । नेता नेपाल र खनालले माअाेवादी र एमालेबिच हुने नयाँ पार्टी गठन गर्न अातुर रहेकाे श्राेतले बताएकाे छ ।
नेकपा एमाले र नेकपा माओबादी केंद्र बिच एकता हुने भए पछि पार्टीको नाम के हुन्छ भन्ने बिषयमा पनि चर्चा चालेको थियो तर त्यों बिषय लाई नेता हरुले सजिलै टूंगाएर नेकपा राख्ने निर्णय गरिसकेका छन् ।
अब पार्टीको नाम नेकपा एमाले पनि रहदैन र नेकपा माओबादी पनी रहदैन पार्टीको नाम नेकपा हुने भएको छ तसर्थ नेकपा एमाले नै पार्टीको नाम नरहे पछि नेताहरु एमलेमा रहने कुरै भएन अब एमाले र माओबादी का नेता कार्यकर्ता सबै नेकपामा हुने भएका हुन।
ओली र दाहाल दुवै सह -अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरू सहमति भएका छन ।
राष्ट्रियसभा चुनावमा दुई दलबीच सिट बाँडफाँट गरी ओली र दाहाललाई बुझाएको थियो । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र तीमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिने गरी सहमति गरेको थियो ।
माओवादी केन्द्रले २ र एमालेले ४ वटा प्रदेशको सरकारको नेतृत्व लिने र जसको जुन प्रदेशमा सरकार बन्छ, त्यो प्रदेशमा अर्को दलको सभामुख हुने गरी प्रादेशिक सर्कार पनि गठन गरीसकेका छन