• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा सिडियो र नगप्रमुखबिच छलफलः ‘सवै अधिकार नगरपालीकाको मातहतमा छ’


दुर्गा वि.सी.
फागुन १२, सल्यान ।
बन्गाड कुपिण्डे नगरपालीकाको सल्लीवजारमा प्रमुख जिल्ला अधिकारी प्रमानान्द घिमेरीले नगरप्रमुख गाविन्द कुमार पुनसँग नगरको विविध समस्यासँग छलफल गरेका छन् ।

इलाका प्रहरी कार्यालय सल्लीवजारमा भएको छलफल कार्याक्रम नगरप्रमुख पुनले कर्मचारी अभावसँगै कामकाजमा समस्या देखिएको वताएका छन् । साथै विकास निमार्णका कामहरुको अवस्था र कर्मचारीको कामकाजको विषलाई समेत कुराकानी भएको छ । विषेश गरि सल्लीवजारमा रहेको खानेपानी उपभोक्ता समितीमा भएको विवाद तत्तकाल समाधान गर्ने गरि नगरप्रमुखले पहल गर्ने समेत वताइएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले खानेपानीको विषयमा सवै अधिकार नगरप्रमुख तथा नगरपालीकाको मातहतमा रहेकोले भेला हुदै उपभोक्ता समिती र सिफारीस प्रक्रियाबाट जति सक्यो काम अघि वढाउन जोड दिएका छन् । खानेपानीको उपभोक्ता समिती गठन विवादमा केहि दिन अगाडि सल्लीवजारमा विवाद भएको थियो । साथै इलाका प्रहरी कार्यालय सल्लीवजारलाई प्रमुख जिल्ला अधिकारी घिमीरेले वजारमा सडक अवरुद्ध पार्ने देखि गाडि पार्किङ्ग, विना इजाजत सवारी सञ्चालन गर्नमा पुर्ण रोक लगाउन निर्देशन दिएका छन् ।

नगरपालीकाले कायम गरेको पार्किङ्ग लाई कायम राखि सम्पुर्ण कारवाहि प्रक्रिया अगाडि वढाउन जोड दिएका छन् । विना सवारी इजाजत सञ्चालन भएका सम्पुर्ण ३ पाङ्ग्र्र अटोदेखि जनप्रतिनीधिले सवार गर्ने मोटरसाईकिल समेतलाई पुर्ण रोक लगाउने वताइएको छ । नगर प्रमुख पुनले समेत मोटरसाईकिल लाईसिन्स नभएका वडा अध्यक्ष तथा कर्मचारीलाई समेत नगरले मोटरसाईकिल सुविधा नदिने जनाएका छन् ।

सल्लीवजारमा पटक पटक नगरले सडक अवरुद्ध गर्ने गरि पार्किङ्ग, गरेका गाडि, सरसामन हटाउन आग्रह,परिपत्र,सुचना जाहेर गर्दा समेत अटेरी गरेकोले कानुनी दयारीमा ल्याउने वताएको छ । नगरले गरेको यस्तो परिपत्रलाई प्रहरी प्रशासनले तत्तकाल कारवाहि गर्न प्रमुख जिल्ला अधिकारी घिमीरेले निर्देन दिएका छन् । इप्रका सल्लीमा भएको छलफल कार्याक्रममा वडा नम्बर १ का वडा अध्यक्ष शान्त कुमार पुन तथा अन्य वुद्धिजिवी र पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार