• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

सल्लीवजारमा खाद्य अधिकार सम्बन्धी सचेतना मुलक कार्याक्रम सम्पन्न


दुर्गा वि.सी.
फागुन १२, सल्यान ।
बन्गाड कुपिण्डे नगरपालीकामा खाद्य अधिकार पैरवी तथा सचेतना सम्वन्धी १ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।

जिल्ला पश्चिम क्षेत्रको सल्लीवजारमा विएम जेट तथा डब्लु एच एच को आर्थिक सहयोग र जिविको पार्जन तथा पोषण सुधार कार्याक्रम अन्र्तगत नेपाल ग्रामिण पुनर निमार्ण संस्था आर आरएनको सहयोगमा जनप्रतिनीधी र किसानहरुलाई उक्त तालीम दिएको छ । आर आर एनको कार्याक्रम लागु भएका वडा ८, ९, १०, ११ र १२ का जनप्रतिनीधी तथा किसानहरुलाई खाद्य अधिकार र पोषणका बारेमा सचेतना तथा चेतना अभिवृद्धि गर्ने उदेश्यले यो कार्याक्रम आयोजना गरिएको वताइएको छ ।

बन्गाड कुपिण्डे नगरपालीकाकी उपप्रमुख मञ्जु यरीको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा रामचन्द्र रेग्मीले तालीमको प्रशिक्षण गरेका थिए । कार्यक्रममा आर आर एन सल्यानका संयोजक रतन के.सी र आर आरएनका तिलक नेपाली लगाएतकाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार