लेकाली अनलाइन
फागुन १२, दाङ ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (सोनाम) ले प्रादेशिक राजधानीको स्थायी मुकाम उपयुक्त स्थानमा सर्व सम्मतीले पास गर्ने बताएक छन्।
अाज दाङकाे घाेराहीमा गुरुकुल ईन्टरनेशनल एकेडेमीले आयोजना गरेको प्रथम विज्ञान तथा कला प्रर्दशनीलाई सम्वोधन गर्दै उनले तत्कालको कामकाज सञ्चालनका लागि सरकारले रुपन्देहीमा अस्थाई मुकाम तोकेकाे बताएका छन् । उनले अब प्रदेशसभाले त्यसलाई सवैको साझा सहमतीमा विवाद रहित तरिकाले उपयुक्त स्थानमा स्थायी मुकाम तोक्ने बताएका छन् ।
प्रदेशसभाले सुरक्षा, भुगोल, पुर्वाधार र नागरिकहरुको समान पँहुच पुग्ने आधारमा स्थायी मुकाम उपयुक्त स्थानमा सर्वसम्मती वाट पास गर्ने उनले विश्वास व्यक्त गरेका छन् । उनले भने – ‘ प्रदेश सरकार ध्यान उपयुक्त स्थानमा स्थायी राजधानी तोक्नेमा केन्द्रित छ । ’ प्रादेशिक राजधानी स्थायी पुर्व– पश्चिम र उत्तर –दक्षिण चारैतिर समानदुरी र सवैलाई पायक पर्ने स्थानलाई प्रदेशसभाले सर्वसम्मती निर्णय गर्ने बताए ।
उनले भने- ‘ दाङकै हुन्छ भन्न पनि सकिदैन्, बुटवलमै रहन्छ भन्न पनि सकिदैन उपयुक्त स्थान जहाँ हुन्छ त्यही तोकिन्छ । ’ जसले सवै क्षेत्रलाई समान न्याय पु¥याउने उनले बताए । सिंहदरवारको अधिकार गाउँघरमा सरकारमा सवै क्षेत्रको पहुच पु¥याउने गरी प्रदेश सरकारले काम गर्ने उनले बताए । स्थायी प्रादेशिक राजधानीका लागि उपयुक्त स्थानको सम्भाव्यताको अध्ययन प्रदेश सरकारले गरी रहेकाले राजधानीको काउतुहुल्ता चाँडै मेटिने प्रयासमा रहेको मन्त्री साेनामले बताए ।
मन्त्री साेनामकाे निरिक्षण
मन्त्री साेनामले वडा प्रहरी कार्यालय लमहीको निरिक्षण गरेका छन् । मन्त्री साेनाम र सहसचिव प्रेम भट्टराईले अाज नै वडा प्रहरी कार्यालयको निरीक्षण गरेका हुन् ।
कानुन मन्त्री साेनामले कार्यालय परिसर, कार्यालय व्यवस्थापन, सवारी साधानको निरिक्षण गरेका हुन् । ‘प्रहरीले कुनै पनि काम चुस्त दुरुस्त गर्नुपर्छ’- मन्त्री साेनामले भने- ‘मैले यहाँहरुको कामको राम्रोसँग मूल्याङ्कन गर्नेछु । सुरक्षामा कमी कमजोरी भए अनेकौं किसिमका घटना, अपराध हुन सक्छन् । यो कुरालाई कहिले पनि नभुल्नुहोला ।’
उक्त अवसरमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले लमहीको शान्ति सुरक्षामा कुनै कमी कमजोरी नभएको बताए ।