• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

श्रीदेवीको निधन अगाडि अमिताभले यस्ताे अचम्मको ट्विट गरेका थिए


फागुन १३, मुम्बई ।

शनिबार राति अबेर बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधनको खबर बाहिर आयो। हृदयाघातका कारण उनको निधनको खबर बाहिरिएसँगै अहिले बलिउड दुःखमा छ। बलिउड स्टारहरू रातिदेखि नै सोसल मिडियामा श्रीदेवीलाई श्रद्धाञ्जली दिइरहेका छन्। यस्तोमा बलिउडका महानायक अमिताभ बच्चनको एउटा ट्विट अहिले सोसल मिडियामा चर्चाको विषय बनेको छ।

शनिबार राति बिग बीले तीन वटा ट्विट गरेका थिए। उनको पहिलो ट्विट १ बजे रातिको थियो। जसमा उनले दक्षिण अफ्रिकालाई तेस्रो टि–२० मा हराएपछि भारतीय टिमलाई बधाई दिएका थिए।

दोस्रो ट्विट उनले १ बजेर १३ मिनेटमा गरेका थिए। जसमा उनले पुस्तक विमोचन समारोहको तस्बिर सेयर गरेका थिए। उनले रातिको अन्तिम ट्विट १ बजेर १५ मिनेटमा गरे। जसमा लेखिएको थियो, ‘थाहा छैन मलाई, आज अचम्मको ढुकढुकी भइरहेको छ।’

उनको तेस्रो ट्विटको केही मिनेटपछि नै श्रीदेवीको मृत्युको पुष्टि बोनी कपुरका भाइ सञ्जयले गरेका थिए। अमिताभले ट्विटमा सेयर गरेको आफ्नो अनुभवको २० मिनेटपछि श्रीदेवीको निधन भएको थियो। एजेन्सी

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार