लेकाली अनलाइन
फागुन १३, दाङ ।
प्रदेशनम्वर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सोनामले दाङमा मेगासिटी बनाउने बताएका छन् । उनले दाङकाे घोराही–तुलसीपुर सँगै बुटवल–भैरहवार नेपालगञ्जलाई गरी प्रदेशमा ३ वटा मेगासिटी बनाउने तयारी सुरु गरिने बताएका छन् ।
आइतबार दाङको घोराहीमा प्रेस सेन्टरनेपाल दाङमा बोल्दै मन्त्री केसीले बहुपहिचान बोकेको प्रदेश नम्वर ५ लाई नमुना प्रदेश बनाउन प्रदेश सरकार लागिपरेको बताएका हुन् । उनले प्रदेश नम्वर ५ लाई देशकै नमुना प्रदेश बनाउने दावि समेत गरेका छन् ।
प्रदेश सरकारले आफ्नो आन्तरिक मस्यौदा निर्माण गरिसकेको भन्दै मन्त्री केसीले यसैको जगमा टेकेर प्रदेशको विकास गर्ने बताए ।
पाल्पा–रोल्पा प्रदेश मार्ग निर्माण गर्नुका साथै लुम्विनी आएका पर्यटकलाई प्रदेशभर पुर्याउन लुम्विनी, जलजला, दाङ हुँदै बर्दियासम्मको पर्यटन मार्ग बनाउने तयारी भएको बताए । प्रदेशलाई उर्जामा आत्मनिर्भर बनाउन यहाँका नदीनालाबाट विद्युत निकालिने मन्त्री साेनामले बताए ।