फागुन १३, काठमाण्डाैँ ।
नेपाली कांग्रेसले छायाँ सरकार गठनको तयारी थालेको छ ।
प्रदेश र संघीय सरकारका हरेक गतिविधिको सूक्ष्म निगरानीका लागि छायाँ सरकार गठनको तयारी गरिएको नेता गगन थापाले बताए ।
प्रधानमन्त्रीको कामकारबाहीको निगरानी गर्न छायाँ प्रधानमन्त्री, गृहमन्त्रीको निगरानी गर्न छायाँ गृहमन्त्रीलगायत हरेक मन्त्रालयको निगरानीका लागि एकजना छायाँ मन्त्री बनाउने उनले श्राेतले बताएकाे छ । ‘कांग्रेसले गठन गर्ने छायाँ सरकार जनताको पक्षमा काम गर्ने बलियो सरकार हुने छ,’ थापाले भने, ‘त्यो सरकार केपी ओलीको सरकारभन्दा बलियो र शसक्त हुनेछ ।’
प्रतिपक्षमा रहेर जनताप्रति उत्तरदायि हुन छायाँ सरकार गठन गर्न लागिएको थापाले बताए ।