• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

दाङमा ९४ जनाले आत्महत्या गरे- काेहि झुण्डीए, कसैले विष पिए


फागुन १३, दाङ । 

दाङमा वितेको सात महिनाकाे अवधिमा ९४ जनाले आत्महत्या गरेका छन्

चालु आर्थिक बर्ष २०७४/२०७५ को श्रावण देखि माघ मसान्त सम्मको अवधिमा ९४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङको मुद्धाफाटका प्रहरी नायव निरीक्षक निर्मल खत्रिले बताए । उनका अनुसार ६१ जनाले झुण्डीएर आत्महत्या गरेका छन भने ३३ जनाले विष सेवन गरी आत्महत्या गरेका छन ।

 

जिल्ला प्रहरीकाे तथ्यांक अनुसार सबै भन्दा बढि असोज र कार्तिक महिनामा २०/२० जनाले आत्महत्या गरेका छन् । त्यसैगरी श्रावणमा १२,भाद्रमा १३,मंसीरमा १०,पुसमा ८ र माघमा ११ जनाले आत्महत्या गरेको प्रहरी नायव निरीक्षक खत्रिले बताए । उनका अनुसार जिल्लामा बर्षे्नि आत्महत्या गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । जसमा महिलाहरु बढि छन।

यस्तै वितेको आर्थिक बर्ष २०७३/०७४ मा दाङमा १ सय ७० जनाले आत्महत्या थिए। झुण्डीएर १ सय ३ र विष सेवन गरी ६७ जनाले आत्महत्या गरेका हुन।

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार