फागुन १३, दाङ ।
पूर्वप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महरा भारतीय सिमानासँग जोडिएको दाङको दक्षिणी क्षेत्रमा पुगेका छन् ।
फागुन १२ गतेदेखि शुरु हुने नाकास्तरीय खेलकूद महोत्सव उद्घाटन गर्न नामा महरासहितका उच्च तहका नेताहरु पुगेका हुन् । यसअघि नाका क्षेत्रमा भारतीय ज्यादति बनेपछि अनुगमनका लागि अमिक शेरचन सहितका नेता गए पनि औपचारिक कार्यक्रममा अहिलेसम्म नाकामा माथिल्लो तहको कोही नेता गएको थिए ।
भारतीय बाटोहुँदै प्रतिनिधिसभा सदस्य महरा तथा प्रदेशसभा सदस्यहरु दामा शर्मा, रेवतीरमण शर्मा र दामा शर्मा पुग्नुभएको थिया । गत बर्ष सांसद रेखा शर्मा पुग्नुभएको थियो । नाका क्षेत्र दाङको सबैभन्दा पछाडि परेको क्षेत्र मानिन्छ ।
यो क्षेत्रमा २२ वटा नाकामार्फत भारत आवतजावत हुन्छ तर विकास निर्माण हुन सकेको छैन ।
पुरानो भन्सार कार्यालयसमेत रहेको कोइलाबासम्म गाडी पुगे पनि बाँकी नाकासम्म अहिलेसम्म सडक पुग्न सकिरहेको छैन । कोइलाबास पुरानो भन्सार भए पनि अहिले अलपत्र अवस्थामा छ ।