• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

दाङका पत्रकार आचार्यद्वारा ५ जना ठेकेदार विरुद्ध मुद्दा, सैघाली खबरलाई साइबर क्राइम हाल्ने


फागुन १३, दाङ ।
घुस लिएको गलत आरोप लगाएर आफ्नो बदनाम गरेको भन्दै दाङका पत्रकार गणेश आचार्य अदालत गएका छन् ।

उनले गलत आरोप लगाउने मामा भान्जा निर्माण सेवाका प्रोप्राइटर प्रकाश केसी सहित ५ जना विरुद्ध आज दाङ देउखुरी जिल्ला अदालतमा लिखत गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । आचार्यले केसी सहित भानुबिक्रम राणा,दिनेशजंग शाह,संजात धिताल र सुरेन्द्र हमाललाई कानुनी कार्वाहीको माग गर्दै मुद्दा दर्ता गराएको बताएका छन् ।

अदालतमा दर्ता गरिएको फिराद पत्रमा भनिएको छ,-‘ विपक्षीहरुले आपसी सल्लाह मिलेमतो गरी मेरो व्यक्तिगत चरित्र तथा मेरो स्वतन्त्र पेश पत्रकारीतामा माथी नै धावा वाल्ने गरी प्रेस विज्ञप्ती लेखी दाङ घोराहीबाट प्रकाशन हुने पत्रिका गोरक्ष राष्ट्रिय दैनिकको मिति २०७४/११/११ गतेको पत्रिकामा प्रकासित गरी सामाजिक रुपमा मेरो इज्जतमा धक्का पु¥याउने नियत राखी जानी जानी मलाई वदनाम गराउने उद्देश्यले लिखित प्रेस विज्ञप्ती जारी गरी गोरक्ष राष्ट्रिय दैनिक लगायतका संचार माध्यायमा समाचार प्रकासन प्रशारण गरी सामाजिक रुपमा मेरो वेइज्जती गरेकाले म साह्रै अन्यायमा परी अन्य कुनै विकल्प नरहे नभएकाले न्यायका खातीर यस सम्मानित अदालतको शरणमा आएको छु । विपक्षीहरुलाई हदैसम्मको दण्ड सजाय गरी हक ईन्साफ गरी पाँउ ।’

लिखत गाली बेइज्जती मुद्दामा विपक्षी बनाइएकाहरु दोषी ठहर भए जनही ५ हजार रुपैयाँ जरीवाना र २ बर्षसम्म कैद हुने कानुनी प्राबधान रहेको छ ।

साथै पत्रकार आचार्यले सैघाली खबर डटकम अनलाइनले फेक भिडियो बनाएर आफ्नो बदनाम गराएको भन्दै सैखाली खबर डटकमका संचालक र त्यसका सम्पादक बिरुद्ध साइबर क्राइम मुद्धा हाल्ने पनि जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार