फागुन १३, सल्यान ।
सल्यानकाे श्रीनगरमा रहेकाे मुक्तिनाथ बैंकले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
हाेटेल युनार्इटेडका हलमा भएकाे कार्यक्रममा बैंकले देने सेवा सुविधाकाे जानकारी गरार्इएकाे थियाे । अहिले मुक्तिनाथ बैंकले सल्यानकाे तिन ठाउँबाट सेवा दिर्इरहेकाे छ । श्रीनगर, लुहाम र थारमारेबाट सेवा दिइरहेकाे मुक्तिनाथ बैंक श्रीनगरका डेक्स प्रमुख गेहेन्द्र भट्राइले बताएका छन् ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालीका अध्यक्ष सन्ताेश केसी, शारदा नगरपालीका २ का वडा अध्यक्ष नवराज बुढाथाेकी लगाएत स्थानीय वुद्धिजिवी, व्यपारी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममाबाेल्दै प्रमुख अतिथि समेत रहेका गाउँपालीका अध्यक्ष केसीले श्रीनगर बजार क्षेत्रमा भएका घर जग्गा बाटाेकाे मापदण्डमा पर्ने भएकाले कर्जा लिन अफ्ठ्याराे भएकाले त्यसलार्इ पनि लगानीकाे लागी व्यवस्था मिलाउन अाग्रह गरेका छन् ।
कार्यक्रममै बाेल्दै वडा अध्यक्ष बुढाथाेकीले रेमीटेन्स तथा कर्जाकाे काराेबारमा छिटाे र छरीताे भएकाले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमकाे सभा अध्यक्षता बैंक शाखा प्रमुख दाेलराज शर्मा पाेखरेलले गरेकाे कर्मचारी डिल्ली रानाले बताएका छन् ।