• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

प्रचण्डले राैतहटमा पुगेर यस्ताे गरे घोषणा, स्थानीयले यत्राे मालामा देखाए चमत्कार


फागुन १३, राैतहट । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने घोषणा छन् ।

रौतहटको जंगलसैयामा कटहरिया–जंंगलसैया–धनसर सडक खण्डको उद्घाटन गरेपछि जंगलसैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्। कार्यक्रममा प्रचण्डलार्इ राैतहटबासीले ५५ किलोको फूलको माला लगाएका छन्।

२०१९ सालदेखि नेपालमा कम्युनिष्ट पार्टीमा फुटबादको रोग सुरु भएकोले कम्युनिष्टहरु क्षतविक्षत अवस्थामा रहँदै आएकोमा अब एउटै बलियो कम्युनिष्ट पार्टीको निर्माण गरी देशलाई शान्ति तथा समृद्धिको बाटोमा लैजाने बताएका छन्। देशमा राजनीतिक लडाईँको युग समाप्त भइसकेको बताउँदै उनले अबको लक्ष्य भनेको विकास, सुशासन र समृद्धि रहेको बताएका छन्। त्यसक्रममा दाहालले धनसर–जंगलसैया १४ किलोमिटर लामो सडकको शुभारम्भ गरेका छन्।

पूर्वमन्त्री प्रभु साहको सक्रियतामा जिल्ला वन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, कटहरिया नगरपालिका तथा स्थानीयबासीको सहयोगमा प्रदेश सभा सदस्यद्वय नागेन्द्र यादव र कुन्दन कुशवाहाको विशेष पहलमा डेढ महिनाको अवधिका बिना कुनै बजेट १४ किलोमिटर सडक निर्माण भएर सुचारु हुनुलाई नेता दाहालले चमत्कारको संज्ञा दिँदै तीव्र विकासको अवधारणालाई अगाडि सारेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले रौतहटको क्षेत्र नम्बर ३ लाई सडक पूर्वाधार, उद्योग, पर्यटन र भारतसित सम्पर्क गराउन आफू लागी परेको बताएका छन्। सर्वधारण नागरिकको सहयोग भएमा जस्तो सुकै कठिन काम पनि गर्न सकिने उदाहरण प्रस्तुत गर्दै साँसद साहले वाम गठबन्धनले देशमा विकासको चाहनालाई पूरा गर्ने बताएका छन्।

यसअघि दाहालले महेन्द्र राजमार्गसित जोड्ने धनसर–जंगलसैया–कटहरिया सडक खण्डको धनसरमा शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार