• २०७७ मङ्सिर १८ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका सरकारी कार्यालयहरुमा छडके निरक्षण


सरिता चलाउने
फागुन १३, सल्यान ।
सल्यानका बिभिन्न सरकारी कार्यालयहरुमा आज छडके निरक्षण गरिएको छ ।

राष्ट्रिय सतर्कताकेन्द्रको टोलीले आज शारदा नगरपालीका लगायत जिल्लाका बिभन्न सरकारी कार्यलयहरुको छड्के निरक्षण गरेको हो । शारदा नगरपालीमा केन्द्रको टोली पुग्दा प्राय जसो कर्मचारीहरु कार्यलयमा नभेटीएको पाईएको छ ।

केन्द्रको टालीले हाजिर पुस्तीकामा हाजीर गर्ने तर कार्य सम्पादनका क्रममा टेबुलमा नभेटीने गरेको र तोकीएको पोशाकमा समेत कर्मचारीहरु नभेटीएको केन्द्रको टोलीले बताएको छ । सेवाग्राहीहरु कार्यलयमा भएको र काम गराउन पर्खिरहेको अबस्थामा समेत कर्मचारीहरु कार्यलयमा नभेटीने समस्या हुने गरेको सेवाग्राहीले बताएका छन ।

यसैबिच शारदा नगरपालीकाका प्रमुख शुरेस अधिकारीले नगरपालीकाका कार्यकारी अधिकृत लगायत सबै कर्मचारी हरुलाई सेवाग्राहीरुको समस्या प्रति गम्भिर भएर काम गर्न निर्देशन दिएका छन् । आगामी दिनहरुमा यस्ता गल्ती नदो¥याउन समेत कर्मचारीहरुलाई उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार