• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

वाम गठबन्धन भंग हुन्छः प्रचण्ड


फागुन १४, रौतहट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन अब नरहने बताएका छन् ।

रौतहटको जंगलसैयामा अायोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव प्रयोजनको लागि वाम गबन्धन बनेको बताउँदै दाहालले पार्टी एकताको अन्तिम चरणमा पुगेकोले वाम गठबन्धन अावश्यक नभएको बताएका हुन् । उनले अब वाम गठबन्धन भंग भएर एमाले- माअाेवादीकाे नयाँ पार्टी नेकपा बन्ने बताएका हुन्।

अाफ्नो पार्टी र नेकपा एमालेसहित साना पार्टी मिलेर बनेको गठन्धन अब नरहने बताएका हुन् । एमाले र माकेले पार्टी एकताको लागि सात बुँदे प्रारम्भिक सहमति पत्रमा हस्तक्षार गरिसकेका छन् । एमालेसँगको एकता जनयुद्धभन्दा ठूलो सफलता बताउँदै अाएका दाहालले एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले चुनावमा करिब दुई तिहाई बहुमत ल्याइसकेकोले अब वाम गठबन्धन नरहने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपालको कम्युनिष्ट इतिहासमा कम्युनिष्ट पार्टी जुटको भन्दा पनि फुटको खेतीमा लागेको भन्दै उहाँले अब यस्तो प्रवृति रोकिने दाबी समेत गरे ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार