• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

“वर्षमान पुन रोल्पालीका काल हुन्”


फागुन १४, काठमाडौं ।

वामपन्थी बुद्धिजीवी तथा लेखक खगेन्द्र संग्रौलाले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाली खानका काल भएको बताएका छन् । नेता पुनले आइतबार एक दैनिक पत्रिकालाई दिएको अन्तरवार्तामा आफ्नो नेता केपी शर्मा ओली भएको बताएका थिए । पार्टी एकता नहुँदैन पुनले दिएको अभिव्यक्तिको माओवादी वृतबाट आलोचना भइरहेको छ ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले नेता पुनले गृहन्त्री पाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको चाकरी गरेको तर्क गरेका थिए । त्यसैगरी लेखक संग्रौलाले पनि कडा शब्दमा प्रहार गरेका छन् । सामाजिक संजालमा संग्रौलाले सत्ता भान्साको साँचो केपीको हातमा गएको देखेर आफ्नै पार्टीका अध्यक्ष दाहाललाई त्याग्न लागेको लेखेका छन् ।

संग्रौलाले लेखेका छन्–सत्ता भान्साको साँचो केपीको हातमा गएको देखेर त्यागी वर्षमान पुनले इष्टदेव पीकेलाई त्याग्दै भनेछन् ‘अहिले हाम्रो नेता नै केपी ओली ।’ भोलि साँचो कमले मण्डलेका हातमा गयो भने यिनले हत्तपत्त भन्नेछन् ‘अहिले हाम्रो नेता नै कमल थापाज्यू’ हैट्, रोल्पाली खानका कालहरू !

संग्रौलाको स्टाटसको धेरैले समर्थन गरेका छन् । मोहन कुमार चौहान लेख्छन्-जब प्रयोग र उपयोग सकिन्छ तब भाडाका औजार फर्काइन्छ । माओवादीहरुको उपयोग अब सकियो । यम लामिछानेले संग्रौलाले यथार्थ कुरा बोलेको भन्दै लेख्छन्-म खगेन्द्र दाइको लेखमा जहिले नि यथार्थ कुरा पाउछु, धेरैधेरै शुभकामना अझै लेख्ने साहास बढोस, खगेन्द्र दाजु सलाम !

त्यस्तै राज क्षेत्री नाम गरेका सामाजिक प्रयोगकर्ताले संग्रौलालाई धन्यवाद दिँदै लेखेका छन् –राम राम राम धन्य बुढा तपाईंको … प्रचण्डले धेरै रोल्पाली नेता उत्पादन गर्नुको कारण हो यो, आज भुत्लोभाङ कोही छैन उनको पछि । न्यौपाने कृष्णले यस्ता स्वार्थीलाई नेता भन्नु निरर्थक हुने बताउँदै लेख्छन् स्वार्थ पुर्तिको लागि सत्तामा पुगेर ब्रम्हलुट गर्ने बिचौलिया हुन् ।

सदन भट्टले पुनका अभिव्यक्ति अवसरवादको पराकाष्ठ भएको बताएका छन् । उनले पहिला प्रचण्डको पुजा गरेर आफू अर्थमन्त्री र श्रीमती सभामुख बनाएको र अहिले केपीको पुजा गरेर गृह मन्त्रालय ताकेको बताए । उनले यसो लेखेका छन् –अवसरवादको चरम पराकाष्ठा,हिजो प्रचण्डको भक्तिले श्रीमती शभामुख आफू अर्थमन्त्री पड्कायो, आज ओलीको पुजाले आफू गृह ताक्दैछ बुढी । सर्वहारा राजनीतिको कति स्वर्णिम उपहार अरुलाई किनारामा राखेसी आफुनै सर्बेसर्बा हैट काका क्षेडखाना बन्द गरेर ओलीको एनजिओ तिर पो लाग्नेकी ?

हँछाबुङ किराँत नाम गरेका सामाजिक संजाल प्रयोगकर्ताले पुन आफ्नो फाइदाको लागि ओलीको टाङमुनि छिरेको लेख्दै नोकर भनेका छन् ।

राजकुमार न्यौपानेले माओवादी केन्द्रका नेताहरु सत्ताको पदको लार्गि याल छोडी आफ्नै साथीहरुको शिकार गर्न पनि पछि नपर्ने लोभी ब्वासाहरु भएको लेखेका छन् । त्यस्तै पुर्जा यम कुमारले सत्ताका लोभी पापीहरुको संसार यस्तै भएको बताउँदै नेता पुनले एजेण्डा खोलातिर बगाएको लेखेका छन् ।
संग्रौलाको भनाईको समर्थन गर्दै दावा शेर्पाले नेता पुन आत्मसमर्पणवादी भएको बताउँदै कुरा गरि साध्य नभएको लेखेका छन् ।

यी त केही नमूना भनाई मात्रै हुन् । यस्ता यसौं कमेन्टहरु छन् । जो नेता वर्षमान पुनले दिएको अभिव्यक्तिविरुद्ध छन् । अनलाइन डबलीबाट

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार