श्रीराम दहित
फाल्गुन १४, दाङ ।
पतंजली योग समिति दाङको आयोजनामा भएकाे पाँच दिवसीय पुनर्ताजगी तालिम जारी रहेकाे छ ।
पाँच दिन सम्म संचालन हुने तामिलकाे अाइतबार एक कार्यक्रमका बिच पतंजली जिल्ला कार्य समितिको योगहल त्रिसिद्देश्वरी मन्दिर तुलसीपुर दाङमा उद्घाटन गरिएको हाे । जिल्ला अध्यक्ष घनश्याम अधिकारीको सभापतित्व तथा राप्ती प्रभारी देवराज आचार्यको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा अतिथिहरु सामुदायिक बन महासंघ दाङका कार्यक्रम संयोजक भुपबहादुर केसी तालिममा सहभागी संख्या ५५ जना रहेका छन् ।
जिल्ला महिला प्रभारी लक्ष्मी वली(जिसि) को स्वागत मन्तव्य संगै आरम्भ गरिएको उक्त कार्यक्रमका प्रमुखअतिथि अंचलप्रभारी देवराज आचार्यले पानसमा बत्ती बाली उद्घाटन गर्दै सहभागी योग शिक्षक हरुलाई थप उर्जाशिल तथा केही नयाँ जानकारी गराउने उद्देश्यले तालीम संचालन गरिएको हुँदा आफुले प्राप्ति गरेका योगिक विषयबस्तु जनमनमा पुर्याउन स्वयंले अम्मल गरौं भन्दै तालिमको उद्देश्य पुर्णताको कामना गरे यसैगरी कार्यक्रमका सभापति जिल्ला अध्यक्ष घनश्याम अधिकारीले स्वस्थ ,समृद्ध र अनुसासित सन्तानको परिकल्पना योग आध्यात्मिक मार्गको विकल्प नरहेको बताए ।
पतंजली योग समिति नेपाल काठमाडौको समय तालिका अनुसार योग शिक्षक प्रशिक्षणमा दाङ जिल्ला युवा प्रभारी दिपक बस्यालले प्रशिक्षण गराउने महासचिव विनोद चौधरीले जानकारी गराए।
प्रशिक्षक बस्यालले सहभागी हरुमा योगको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान अभिवृद्धि गराउने र नियमित हुँदै गरेका योगिक कर्ममा कमि नहोस् भन्ने हेतुले तालिम संचालन भएकाे बतार्इएकाे छ ।
कार्यक्रमको सहजीकरण गर्दै महासचिव चौधरीको भनाइ थियो अग्रज गुरु मातापिताको आदर्श प्रति निष्ठा भाव रहनु नै योग हो ।