फागुन १४, काठमाण्डाैँ ।
अाज फागुन १४ गते यतिखेर देशका विभिन्न ठाउँहरुमा बलिदान दिवस मनाउन सुरु भर्इरहेकाे छ ।
जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेल शहादत भएको दिनको सम्झनामा बलिदान दिवस र जनयुद्धका सम्पूर्ण शहिदहरुको सम्झनामा शहिद सप्ताह मनाउने गरिन्छ । बलिदान दिवस मनाउनेहरुमा माओवाद सँग सम्बद्ध पार्टीहरु विप्लप नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी, बैद्ये नेतृत्वकाे क्रान्तिकारी माओवादी, साे सँग विद्यार्थी संगठनहरुले मनाइरहेका छन् ।
नेकपा माअाेवादी केन्द्रले भने गत वर्षसम्म वलिदान दिवस मनाएपनि याे बर्ष कमै मात्रमा मनाएकाे छन् । एमाले र माअाेवादी केन्द्र पार्टी एक हुन लागेपछि माअाेवादी केन्द्रमा वलिदान दिवस मनाउनेहरुकाे संख्या ह्वात्तै घटेकाे बुझिएकाे छ ।
यसरी शहिद भए दिलबहादुर
तत्कालिन नेकपा (माओवादी) नेतृत्वमा २०५२ साल फागुन १ देखि जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो ।
गोरखा पन्द्रङ्गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए । जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो ।
त्यसकारण जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलसहित जनयुद्धका सम्पूर्ण शहिदहरुको सम्झनामा हरेक वर्ष शहिद सप्ताह मनाइदै आएको छ ।