• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

अायाे ताजा अपडेटः माअाेवादीले गृह मन्त्रीमा रामबहादुर थापाकाे नाम टुंगाे लगायाे, अरुकाे यस्ताे छ ?


 फागुन १४, काठमाडौं ।

माओवादीबाट सरकारमा सहभागी हुने रामबहादुर थापा र गिरीराजमणि पोखरेलको मन्त्रालयको टुंगो लागेको छ ।

माओवादी केन्द्र उच्च स्रोतका अनुसार माओवादीबाट सरकारमा सहभागी हुने थापाले गृह मन्त्रालयको जिम्मेवारी समाल्ने भएका छन् भने पोखरेलले शिक्षा, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्ने भएका छन् ।

माओवादीबाट सरकारमा सहभागी हुने सात जना मन्त्रीमध्ये अरुको मन्त्रालय टुंगो लाग्न नसकेको बताइएको छ ।

माओवादीका वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, देबेन्द्र पौडेल, मातृका यादव, बिना मगर र शक्तिवहादुर बस्नेतको चर्चा भएपनि २ जनाको मात्रै मन्त्रालय टुंगो लागेको हो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार