• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

शीतलनिवासबाट अायाे ताजा खबरः चार जना मन्त्रीले सपथ लिए


फागुन १४, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डलमा अाज चार जना मन्त्रीले सपथ लिएका छन् ।

राष्ट्रपति कार्यलय शीतलनिवासमा एमालेका ईश्वर पोखरेल र डा.युवराज खतिवडा त्यस्तै माओवादी केन्द्रबाट रामबहादुर थापा र मात्रिका यादवले मन्त्रीकाे सपथ लिएका हुन् । पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्व गर्भनर डा.युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । थापा यसअघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए । माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् ।

गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।

 

यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश : वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार