शंकर के सी
फागुन १४, सल्यान ।
सल्यान त्रिवेणि गाउँपालिकाको सिम्क देखि सिधा तुलसिपुर सम्म ट्याक्सी चन थालेपछि स्थानीयलाइ सहज भएको छ । त्रिवेणि ५ को सिम्क देखि दैनिक दाङ तुलसिपुर सम्म ट्याक्सी संचालन भएपछि पाँच नम्बर वडाबासिलाइ बजार आवतजावत गर्न निकै सजिलो भएको स्थाीयहरुले बताएका छन् ।
लिसेखोलाका पुस्करराज गिरीले यस अघि कपुरकोट या दाङ तुलसिपुर जाने काम परेमा सल्यान लुहाम नै हिडेर जानुपर्ने बाध्यता सुनाउँदै अव भने निकै सहज भएको बताए । ‘यस अघि गाउँ सम्म गाडी नआउँदा निकै समस्या हुने गरेको थियो, अव त सुविधा थपियो । हरेक मालसामान ल्याउन र किनमेल गर्न विहान तुलसिपुर गएर वेलुकी घर फर्कन सकिन्छ,’ उनले भने ।
एक हप्ता अघिदेखि ट्याक्सी व्यवशायी समिती राप्तीका जीपहरु सिम्क देखि तुलसिपुर र तुलसिपुर देखि नियमित संचालन भइरहेको ग १ ज ४५२३ नम्बरको ट्याक्सी चालक भिम बहादुर बस्नेतले बताए । उनले भने, ‘सिम्कदेखि हरेक दिन विहान ८ बजे तुलसिपुरका लागी र तुलसिपुरबाट हरेक दिन दिउँसो २ बजे सिम्कका लागी ट्याक्सी सञ्चालन हुन्छ ।’
यस क्षेत्रका मानिसहरु धेरैजसो घरायसि प्रयोगका विभिन्न सामान ल्याउन दाङ तर्फ नै जाने भएकाले सिम्कबाटै ट्याक्सी सञ्चालन भएपछि सुविधा थपिएको चालक बस्नेतले बताए । पछिल्लो समय धमाधम मोटरबाटो निर्माण कार्यले तिब्रता पाएपछि गाउँगाउँ सम्म गाडी सञ्चालन हुने गरेका छन् । स्थानीय तहहरुले पनि आफ्नो बजेटमा मोटरबाटोलाइ नै प्राथमिकता दिएकाले धेरैजसो गाउँ मोटरबाटोको सञ्जालसंग जोडिएका छन् । यसले गर्दा विकट वस्ती र गाउँमा बासिन्दालाइ पनि सुविधा प्राप्त भएको छ । यद्यपि सल्यान जिल्लाका अधिकांश ग्रामिण भेगका मोटरबाटोहरु जीर्ण र जोखिमपूर्ण रहेका छन् ।