• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

बलिउड अभिनेत्री श्रीदेबिको हृदयघात नभई पानीमा डुबेर मृत्यु भएको खुलासा


मुम्बइ:बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण भएको चर्चा चलिरहँदा पोष्टमार्टम रिपोर्टले भने आश्चर्यजनक खुलासा गरेको छ।पोष्टमार्टम रिपोर्टका अनुसार श्रीदेवीको मृत्यु रक्सीको नशामा बाथटबमा डुबेर भएको थियो,परीक्षणका क्रममा उनको शरीरमा रक्सी भएको पाइएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।

शनिबार राती साढे ११ बजे श्रीदेवीको मृत्यु भएको थियो । सुरुमा उनको मृत्यु हृदयाघातका कारण भएको भनिएको थियो ।तर उनको पोष्टमार्टम र फरेन्सिक परीक्षण रिपोर्टमा भने उनलाई ‘हर्ट एट्याक’ हुँदै नभएको बताइएको छ । गल्फ न्यूजका अनुसार श्रीदेवीको शरीरमा रक्सीको अंश पाइएको छ । प्रारम्भिक रिपोर्टअनुसार उनी रक्सीको नशामा असन्तुलित भएर बाथटबमा लडेको अनुमान छ । यसरी डुबेर उनको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । खलिज टाइम्सका अनुसार श्रीदेवीको शरीर पानी भरिएको बाथटबमा पाइएको थियो । श्रीदेविको फरेन्सिक रिपोर्टमा उनको मृत्युको कारण ‘एक्सिडेंटल ड्राउनिंग’ अर्थात ‘दुर्घटनावश डुब्नु’ लेखिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार