• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

राप्ति यातायातको अधिवेशन फागुन २५ र २६ गतेः यस्ताे छ तयारी


शरद रेग्मी
फागुन १४, दाङ ।
राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको आसन्न अधिवेशनको तयारी वैठक आज सम्पन्न भएको छ ।

यहि फागुन २५ र २६ गते तुलसीपुरमा हुने अधिवेशनको तयारीका लागी वसेको वैठकले बिभिन्न निर्णयहरु गरेको छ । वैठकले अधिवेशनलाई भव्य एव सभ्य रुपमा सम्पन्न गर्नका लागि जिम्मेवारि बाडफाड समेत गरेको छ । जसका लागी उपाध्यक्ष पुष्कर धितालको संयोजकत्वमा मुल समिति गठन गरिएको हो ।

त्यसैगरि आजको वैठकले नेपाल पत्रकार महांसघ दाङ शाखामा अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरेको छ । जसका लागि ७५ हजार ५ सय ५५ रुपैया महासंघलाई प्रदान गर्ने भएको हो । उक्त रकमबाट दुर्घटनामा पर्ने पत्रकारहरुलाई राहत तथा दुर्घटना न्युनिकरणका लागी अभियान संचालन गरिने समितिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारि दिए । त्यस्तै वैठकले आगामि अधिवेशनलाई सर्व सम्वत बनाउनका लागी समेत पहल थाल्ने निर्णय पनी गरेको छ ।

त्यसैगरि वैठकले अधिवेशन तथा साधारण सभाको उदघााटनका लागी केन्द्रिय अध्यक्ष योगेन्द्र कर्माचार्यलाई आमण्त्रण गर्ने निर्णय गरेको छ । वैठकमा बोल्दै समितिका अध्यक्ष सुरेश हमालले नयाँ नेत्रृत्व सर्व सम्वत बनाउने बताए । उनले निर्वाचनले आपसी मनमुटाव पैदा हुने र त्यसले समितिले गरि रहेका कार्यहरुमा समेत समस्या उत्पन्न हुन भन्दै सर्वसम्वत बनाउनका लागी सल्लाहकारहरुले पहल गर्नुपर्ने बताए ।

साथै हमालले सवै क्षेत्रको प्रतिनिधित्व हुने गरि समिति निमार्ण गर्नु पर्ने समेत बताए । वैठकमा बोल्ने पदाधिकार तथा सल्लाहकारहरुले समितिबाट आगामि दिनमा अझै स्तरिय सेवा दिनका लागी लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले राप्ति अंचलकै सवै भन्दा पुरानो समतिले हाल नेपाल लगाएत भारतका बिभिन्न स्थानमा यातायात सेवा प्रदान गरिरहेको हुदा अझै नयाँ रुटको खोजि गरि गाडि संचालन गर्नु पर्ने सुझाव दिएका थिए ।

वैठकमा सल्लाहकारहरु देविवहादुर डिसी , बिष्णु पाण्डे ,वरिष्ठ उपाध्यक्ष भरतनाथ योगि , उपाध्यक्ष पुस्कर धिताल, कल्लाणकारि सचिव भरतराज श्रेष्ठ, कोषाध्यक्ष प्रविण कुमार पुन लगाएतकाले आफना भनाई राख्नु भएको थियो । वैठकको सहजिकरण प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार