• २०७८ मङ्सिर १३ गते सोमवार
  • Preeti To Unicode

दाङले गुमायाे निष्ठावान नेता


फागुन १४, दाङ । 

स्वतन्त्रता सेनानी तथा शिक्षा प्रेमी दाङ निवासी ईश्वरी प्रसाद उपाध्यायको ९३ वर्षको उमेरमा आज निधन भएको छ । साविकको डुरुवा गाविस गोठूवा हाल तुलसीपुर उपमहानगरपालिका १२ कचिला निवासि उपाध्याय काँग्रेसका पुराना निष्ठावान नेता हुन।

वि.सं.१९८१ मा जन्मीएका उपाध्यायले पंचायत कालमा १८ वर्ष सम्म साविक उरहरि गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए । तत्कालिन शासकले काँग्रेस भएकै कारण उपाध्यायलाई वारम्वार अराष्ट्रिय तत्व भन्दै निशाना वनाउने गरेको थियो । तर पनि काँग्रेस प्रतिको निष्ठामा स्वर्गीय उपाध्याय आज पर्यन्त विचलित भएनन् ।

वन्गाउ स्थित माध्यामिक विद्यालयलाई १८ विगाहा जग्गादान गरेर त्यसभेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएका उपाध्यायले मावि उरहरिको स्थापना तथा वालमितेरी मावि भोजपुरको स्थापनामा अग्रणी भूमिकानिर्वाह गरेका थिए । वि.सं. २०१७ सालको जिल्ला अधिवेशनमा काँग्रेसको जिल्ला सभापतिका प्रत्यासी उपाध्यायलाई काँग्रेसका नेताहरु खुमवहादुर खड्का, वलदेवशर्मा मज्गैया, दीपकगिरी, रामकुमार शर्मा र शंकर गिरी लगाएतले राजनीतिक गुरुकै रुपमा हेर्थे ।
काँग्रेस भित्रत्यागि र निष्ठावान पाका नेताका रुपमा रहनु भएका उपाध्यायका चार छोरा र एक छोरी छन् । उतिवेला विपी कोइरालाका प्रियपात्र वलभद्र गिरीको सामिप्यमा काँग्रेसको संगठनात्मक विस्तारका लागि भूमिका खेल्नु भएका इश्वरी प्रसाद उपाध्याय पछिल्लो अवस्थामा काँग्रेसको पराजय पछि चिन्तीत हुन्थे ।

सिद्धान्ततः काँग्रेस आमजनताको प्रिय राजनीतिक दलका रुपमा स्थापित रहेपनि सिमीत व्यक्तिको व्यक्तिगत लोभलालच, तथा नातावाद कृपावाद का कारण विकृत बनेकोमा उनकाे चिन्ता थियाे । उपाध्यायको मंगलबार विहान १० बजे सितलपुर स्थित घाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यहरुले जनाएका छन् ।

यसै वीच उपाध्यायको निधन प्रति दाङ काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति कृतीवहादुर खड्काले विज्ञप्ती जारी गरि काँग्रेसले एक निष्ठावान धरोहर गुमाएको भन्दै उपाध्यायको निधन प्रति गहिरो दुःखव्यक्त गरिएको छ ।

पूर्व मन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य दिपक गिरिले एक शोक विज्ञप्ती मार्फत उपाध्यायको निधनमा गहिरो दुख व्यक्त गर्दै काँग्रेसले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । यसैगरि काँग्रेस राष्ट्रिय सभा सदस्य नेता अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीवहादुर चौधरी, राजु खनाल लगाएतले शोक विज्ञप्ती मार्फत गहिरो शोक गहिरो शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार