• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारी सल्यानकाे १७ अोै जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा केसी


लेकाली अनलाइन
फागुन १५, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी सल्यानले १७ अोै जिल्ला सम्मेलन सम्पन्न गरेकाे छ ।

हिजाे बलिदान दिवसकाे अवसरमा बागचाैरमा भएकाे सम्मेलनले टक प्रकाश केसीकाे अध्यक्षतामा २७ जना जिल्ला कमिटी चयन गरेकाे छ । जसमा अपाध्यक्ष भिम अाेलि, सचिव दिपेन्द्र डिसि, सह- सचिव मदन केसी, काेषाध्यक्ष डम्बर चलाउने रहेका छन् ।

सम्मेलनकाे नारा “संसदवाद र संसाेधनवादका विरुद्ध विद्यार्थी अान्दोलन, एकीकृत जनक्रान्ती र जनशिक्षा प्राप्तिका लागि १७अाै जिल्ला सम्मेलन” तय गरिएकाे थियाे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।

यस अघि प्रकाशित याे समाचार पनि…

१६ हजार सहिदको रगतमा प्रचण्ड नाचेका छन्, अब क्रान्ति हामी गर्छाैँः सन्तोष बुढामगर

लेकाली अनलाइन
फागुन १४, सल्यान ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरले प्रचण्ड अहिले १६ हजार सहिदको रगतमा नाचेर बसेको बताएका छन् ।

आज २१ औं बलिदान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी निकटकोे अखिल क्रन्तिकारी सल्यानले बागचौरमा गरेको १७ औँ जिल्ला सम्मेलन कार्यक्रममा बोल्दै उनले १६ हजार सहिदलाई झुटो आश्वासन दिएर प्रचण्ड अहिले महलमा रमाईरहेको बताएका हुन् । उनले भने-”हिजो प्रचण्ड र हामी सँगै युद्व लडेका हौँ, जनताको घरमा सँगै गएका हौँ, समृद्ध देश बनाउछाैँ भनेर प्रचण्डले अाश्वासन दिदाँ हजाराैँ जनताले बलिदान दिए, कयाैँ घार्इते भए तर फलस्वरुप अाज प्रचण्ड कुर्सीमा रमाए जनता जस्ताकाे त्यस्तै भए ।” नेता बुढामगरले भने-“हिजाे राज्यमा रहेका एमाले-काँग्रेस विरुद्व प्रचण्डकाे नेतृत्वमा युद्व भयाे तर अाज उनै प्रचण्ड कहिले काँग्रेस कहिले एमालेकाे खुट्टा समाउन पुगेका छन् ।”

प्रचण्डले सहिदकाे सपना लत्याएर गएपनि अब क्रान्तिकाे नेतृत्व अाफुहरुले समाल्ने नेता बुढामगरले बताएका छन् । राज्यले जनतालार्इ गरेकाे दमनलार्इ अाफ्नाे नेतृत्वमा जनताले नै प्रतिकार गर्ने उनले बताए ।  अहिले एमाले-माकेले पार्टीकाे नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न खाेजे पनि सच्चा कम्युनिस्ट अाफुहरु भएकाे उनले दावि गरेका छन् । कम्युनिस्ट विचार नै नभएकाले ‘नेकपा’ नाम राख्ने प्रयास गरेर अाफ्नाे जनतालार्इ भड्काउन खाेजेकाे भन्दै उनले त्यस्ताेलार्इ अाफुहरुले तह लगाउने चेतावनी दिएका छन् । नेपालमा अहिले दुर्इवटा चुसिखाने र गरिखाने वर्ग भएकाे उनले उल्लेख समेत गरेका छन् । एउटा राज्यकाे नेतृत्व गरी शासन गरेर चुसिखाने वर्ग र अर्काे अाफुहरुले नेतृत्व गरेकाे गरिखाने वर्ग भएकाे टिप्पनी गरे ।

कार्यक्रममा बाेल्दै नेकपाका केन्दिय सदस्य तथा राप्ती ब्युराे सह इन्चार्ज बल बहादुर अाेली ‘सितल’ले शान्तिपुर्न अामसभा गरिरहेकाे समयमा अाेली सरकारले अाफ्ना नेता कार्यक्रर्तालार्इ पक्राउ गरेकाे भन्दै अापत्ती जनाएका छन् । उनले अब केपी अाेलीका जनप्रतिनिधीहरुले राजिनामा नदिए अाफुहरुले कारबाही गर्ने चेतावनी दिएका छन् । अाफुहरुले केहि स्थानीय तहमा राजिनामाकाे माग गर्दै पत्र पठाएकाे र केहि तहमा अब पठाउने भन्दै अाफ्नाे मागलार्इ वास्ता नगरे त्यही अनुसारकाे कारबाही गरिने चेतावनी दिएका हुन् ।

कार्यक्रममा जिल्लका विभिन्न ठाउँबाट सहभागी भएका करिब ५० जना भन्दा बढी सहिदका परिवारलार्इ सम्मान गरिएकाे छ । कार्यक्रमलार्इ सामना र जलजला परिवारका कलाकारहरुले राैनक बनाएका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार