फागुन १५, दाङ ।
दाङमा सालनालसहितको नवजात सिशु मृत अवस्थामा फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले फोहर फाल्दै आएको तुलसीपुरको पातुखोलामा सालनालसहितको नवजात सिशुको मृत अवस्थामा फेला परेको हाे । आइतवारका दिन प्लास्टिकमा बेरेको अवस्थामाफालिएको८-९महिनाको सालनाल सहितको नवजात सिशु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए
।
प्लास्टिकमा बेरेर फालिएको नवजात सिशु कस्को थियो र किन त्यसरी बेरेर फालिएको हो ? भन्ने सवालमा अनुसन्धान जारी रहेको सापकोटाले बताए। यद्यपी उनले कुनै महिलाको गर्भ तुहिएको हुँदा उक्त बच्चा फालिएको हो वा अवैद्य सम्वन्धबाट जन्मिएको बच्चा हत्या गरि फालिएको हो ? भन्ने बारेमा एकीनका साथ भन्न नसकिने र त्यसवारेमा अनुसन्धान जारीहेको डिएसपी सापकोटाले बताए ।