• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

सुर्खेतमा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, २ गम्भीर घार्इते


फागुन १५, सुर्खेत ।

सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाकाे ज्यान गएकाे छ भने २ जना गम्भीर घार्इते भएका छन् ।

गुर्वाकोट नगरपालिका–२ मालारानीमा अाज भएकाे दुर्घटना हुँदा एउटै वडाका तीनजनाको ज्यान गएको हाे । मृत्यु हुनेहरुमा गूर्वाकोट नगरपालिका – ८ का ट्रयाक्टर चालक फत्तबहादुर विक, मजदुरहरु शशीराम विक र नारायण खत्री रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सुर्खेत मेहेलकुनाका टेकबहादुर धौलाकोटी र अमर विकलाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।

मालारानीको देवकीडाँडा गौरीबजारबाट रड बोकेर मेहेलकुनाका लागि छुटेको भे १ त ६१८६ नम्बरको ट्रयाक्टरबाट उकालो बाटोमा रड खस्न थालेसँगै पछाडि सर्दा सडकबाट पल्टिएर दुर्घटना भएको हो । संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार