• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु


फागुन १५, दाङ । 

दाङमा अाज भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीका नायव सुब्बा ४५ बर्षीय हरिबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्लाको घोराही उपमहानगर पालिका १६ सर्रा चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।

मृत्यु हुने नायव सुब्बा नेपालीकाे घर रुकुम मुसिकोट नगरपालीका ४ चाँपा भएको  प्रहरी जनाएको छ । प्रहरीका अनुसार दुर्घटना चालकको मोटरसाइकल अनियन्त्रित भइ घोराही बाट तुलसीपुर तर्फ गइरहेको ना ६ ख ६२० नम्बरको ट्रकमा ठोकिएर सडकमा पल्टिएपछि पछाडिबाट आएको रा १ त ८३७ नम्बरको ट्याक्टरले किचेकाे थियाे ।

मृतक नेपालीको सबलाई राप्ती उपक्षत्रिय अस्पतालमा राखिएको छ भने ठक्कर दिने ट्रक र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार