फागुन १५, काठमाडौँ ।
बलिउड नायक सलमान खान रक्सीको प्रमोसन गर्न नेपाल आउन लागेको भन्दै अखिल नेपाल जनसाँस्कृतिक महासंघले ध्यानाकर्षण भएको बताएको छ । कलाको हिसाबमा भारतीय कलाकार सलमान खान नेपाली जनताका प्रिय पात्र भएपनि नेपाली सांस्कृतिमाथि हुने अतिक्रमण स्वीकार्य नभएको बताउँदै महासंघले कार्यक्रम रोक्न माग गरेको छ ।
अाज महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै कलाकारको हिसाबमा खानलाई नेपाल आउन र जान कुनै अवरोध गर्ने नीति नभएको तर रक्सीको प्रवद्र्धनको लागि नेपाल आउन लागेकोले विरोध गर्नु परेको बताइएकाे छ। महासचिव खेम थपलियाले हस्ताक्षेर गरेकाे विज्ञप्तिमा भनिएकाे छ- “नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन् । कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवद्र्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन । उनी कलाकारको हिसाबमा नेपाल आऊ–जाऊमा कुनै अवरोधको नीति नरहेको तर रक्सी, मदिराका प्रवद्र्धनको लागि नेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ । त्यसैले ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्न हामी सरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ”
विज्ञप्तिमै भनिएको छ, “विनासकारी भूकम्पले सिङ्गो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुईशब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारमाथिको ठूलो अपमान पनि हो । नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ । रक्सीको प्रोमोसनका लागि दसौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ । नेपाली कलाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा झन् अमान्य छ । हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यै माया लागेर आउन लागेका होइनन्, उनको एक मात्र मूल उद्देश्य नेपाली पैसा सोहोर्नु ।”
नेपालमा भूकम्प आउँदै दुई शब्द सहानीभूति नदिने खान रक्सीको प्रचारमा आउँदा नेपाली जनता खुशी नभएको विज्ञप्तिमा बतार्इएकाे छ ।
यही फागुन २६ गते सैनिक मंचमा ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक साँस्कृतिक कार्यक्रम हुँदैछ । जसमा खानसहितका भारतीय कलाकारहरुको सहभागी हुने बताइएको छ ।
हेर्नुहोस बिज्ञप्ति यस्तो छ:-