• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

एमालेमा लफडाः ओली र शाक्यले बनाए मन्त्रीको छुट्टाछुट्टै ‘लिस्ट’


फागुन १५, काठमाडौं ।

प्रदेश ३ को सरकार बिस्तारलार्इ लिएर एमालेमा विवाद भएको छ ।

प्रदेश मन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले मन्त्रीहरुको छुट्टाछुट्टै सूची तयार गरेपछि विवाद भएको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भोली मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रदेश मुख्यमन्त्रीको उम्मेदवार छान्न एमालले गरेको निर्वाचनमा हार व्यहोरेकी शाक्यले आफुले भनेका सांसदलाई मन्त्री बनाइनुपर्ने अडान राखेकी छन् ।

प्रदेश ३ को मुख्यमन्त्रीसहित ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार एमालेको केशव स्थापित मन्त्रीमा नियुक्त भइसकेका छन् ।
अब एमालेले तीन र माओवादीले एक मन्त्रालय पाउने छन् ।

अध्यक्ष ओलीको सिफारिसमा अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामा परेका छन भने शाक्य पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउनु पर्ने पक्षमा रहेको एक एमाले नेताले खबरडबलीलाई बताए । शाक्यले प्रदेश सरकार र मुख्यमन्त्री प्रदेश कमिटीको समन्वयमा चल्नुपर्ने बताउँदै आएकी छिन् ।

प्रदेश ३ मा २२ जनासम्म मन्त्री बनाउन पाइने भए पनि वाम गठबन्धनले ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति गरेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार