• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा टेलिकमको टावर सञ्चालन


दुर्गा वि.सी.
फागुन १५, सल्यान ।

सल्यान पश्चिम क्षेत्रको साविक मुलखोला गाविस वडा ८ राउँचेको लाटुगैरेमा निमार्णधिन नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ ।

२ वर्ष अघि काम थालिएको टावर निमार्णको काम सुरु गरेता पनि स्थमनीय चुनाव, प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको नेपाल टेलिकमले जनाउदै आएको थियो । उक्त क्षेत्रको बन्गाड कुपिण्डेको वडा १,४,५ ,६ रसिद्धकुमाख गाउँपालीकाको केहि भागमा र छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिकाको केही भागमा नेपाल दुर सञ्चारको नमस्तेको टावर सञ्चालनमा आए पछि स्थानीयलाई सुविधा भएको छ ।

लामो समय पछि नेपाल टेलिकमले टावरको काम सम्पन्न गररे आफ्नो वडामा नमस्ने नेपालको भरपर्दो सेवा सुचारु भए स्थानीयसँगै आफु खुसी भएको वडा अध्यक्ष कमल वि.कले वताए । साथै नमस्तेको मोवाई सिम वोकेका ग्राहकहरु समेत नमस्ते फोनले काम गर्न थाले पछि खुसी भएका छन् । साथै टावर जडानमा उपकरण नभेटिए पछि समयमा काम सम्पन्न गर्न ढिलाई भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय सुर्खेतले जनाउँदै अाएको थियोे ।

यता बन्गाड कुपिण्डेको सल्लीवजारमा नेपाल टेलिकमको नमस्ते सेवा नहुदाँ स्थानीय वासि मर्कामा परेका छन् । सल्लीवजारमा एडि एस एलको नेट सेवामा खरावी भएको २ महिना वित्यो तर सेवा सुचारु गर्नको लागि नेपाल टेलिकम सुर्खेतलाई पटक पटक जानकारी गराउँदा समेत वास्ता नदेखाएको स्थानीयको दुखेसो छ । नेटले भरपर्देा काम नगर्दा बैंक तथा वितीय संघ सस्था र स्थानीय व्यापारि मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार