नेपाल र रुसको सम्बन्धबारे प्रधानमन्त्रीले मुख खाेले, रुसकाे प्रस्तावलाई यस्ताे गर्दैछन्


फागुन १६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रुसबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रमण्डलसँग उनले दुई देशबीचको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरेका हुन्।

सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेदवारी दिएकाले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओलीसमक्ष भिसोकिन्सीले आग्रह गरेका थिए । उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक र सांस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराए।

प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् । “तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु । मन्त्रिपरिषद्मा छलफल गरेर निणर्य गर्नेछु”, प्रधानमन्त्री ओलीले भने ।

भेटमा रसियाका राजदूत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना पठाएको जानकारी दिएका थिए । रासस

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार