• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

फागुन २० गते नेपालमा शैक्षिक हड्‍ताल, थाहा पाउनुहाेस् कारण गम्भीर छ


फागुन १६, काठमाडौं।

यही फागुन २० गते नेपालमा अाम शैक्षिक हड्ताल हुने भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले गिरफ्तार नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो ।

संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायतका गिरफ्तार नेता-कार्यकर्ताहरुको रिहाइको माग गर्दै शैक्षिक अाम हड्‍तालसहितका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । राष्ट्रिय सम्मेलनको तयारीमा रहेका संगठनका नेताहरुलाई ओली नेतृत्वको सरकारले गुण्डागर्दीशैलीमा गिरफ्तार गरेरको भन्दै अध्यक्ष सिंहले अापत्ति समेत जनाएका छन् ।

“सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ” अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।

घोषणा गरिएका संघर्षका कार्यक्रमहरूमा फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रिया, फागुन २० गते आम शैक्षिक हड्ताल रहेका छन् ।
हिजोमात्रै गिरफ्तार तीन नेतालाई धरौटीमा रिहा गरिएको छ । अब महासचिव चलाउनेसहित केही नेताहरुमात्र गिरफ्तार छन् । गिरफ्तार नेताहरुलाई रिहा गरे संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिन सकिने बताइएको छ ।

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार