• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

३३ केविले सल्यानलार्इ बनायाे अध्याराे, २४ घण्टा देखि विद्युत अवरुद्ध


लेकाली अनलाइन
फागुन १६, सल्यान ।

सल्यानमा ३३ केभी प्रशारण लाईनले गर्दा पटकपटक विद्युत अवरुद्ध भएकाे छ ।

हिजाे मंगलबार दिउसाे देखि अवरुद्ध भएकाे विद्युत अाज बिहीबार अप्राहन्नकाे समय याे समाचार तयार पर्दा  सम्म सुचारु भएकाे छैन् । सल्यानमा अहिलेसम्म दाङ तुलसीपुरमा रहेकाे सव स्टेसनबाट अाएकाे ११ केवि लार्इनले काम गरेकाे छ ।  ,तर ११ केविले सल्यानलार्इ धान्न नसक्ने भएपछि श्रीनगरमा ३३ केविकाे प्रशारण लाईन जडान गरिएकाे नेपाल विद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले जनाएकाे छ ।

करिब एक बर्ष अघि जडान गरिएकाे उक्त ३३ केवि प्रशारण लाईनले अहिले सम्म काम गर्न सकेकाे छैन् । यही ३३ केवि लार्इन चालु गर्न खाेज्दा सल्यानमा पटकपटक विद्युत अवरुद्ध हुन्छ तर काम कहिले पनि पुरा हुन सकेकाे छ‍ैन ।

हिजाे देखि संचालन गर्न खाेजेकाे काम अाज २४ घण्टा वित्दा पनि सम्पन्न भएकाे छैन् । यसरी काम सम्पन्न नहुदा जिल्ला स्थित संचारमाध्ययम, कार्यालय, उद्योग, सर्वसाधारण लगाएतका सेवाग्राही मारमा परेका छन । जिल्लाकाे सदरमुकाम र बागचाैरबाट संचालन अाएका सबै रेडियाेहरु विद्युत नहुदा बन्द छन् ।

गत बर्षकाे कात्तिक महिनामा सल्यान अाएका तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले श्रीनगरमा निर्माणाधीन ३३ केवि विद्युत् सव–स्टेसनको काम दुई महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका  थिए । तर अाज १६ महिना पुग्दापनि सव स्टेसनको काम नहुदा पटकपटक सल्यानीहरु अध्याराेमा बाध्य भएका छन् ।

सल्यान अाएका तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले भनेका केही अंश

ऊर्जामन्त्री शर्माले आफू मन्त्री भएर काम सुरु गरेको दुई महिना मात्रै भएकाले आफूले नीतिगत रुपमा नेपालको विद्युत्को विकासका लागि काम सुरु गरेको बताएका छन् ।

उनले सल्यानमा शारदा जलाशय निर्माण गरी प्रतिपरिवार रु एक लाख सेयर हाल्ने र सबै सल्यानीलाई धनी बनाउने गरी आफूले काम अघि बढाएको समेत दाबी गरेका छन् । उनले भने- “२२ अर्बको लगानीमा सल्यानको कालीमाटीमा ९३ मेगावाटको शारदा जलाशययुक्त विद्युत् आयोजना अघि बढाउने निर्णय मैले गरिसकेको छु”

 

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार