• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

लागु औषधको मुद्दामा मुछिएका तुलसीपुरका डिएसपी राजनीतिक आडमा बढुवा भएको भन्दै स्टाटस अाएपछि…


फागुन १६, दाङ ।

र्इलाका प्रहरी कार्यालय तुलसिपुर दाङका डिएसपी विरुद्ध सामाजिक सञ्जालमा मनपरी स्टाटस लेखेको अभियोगमा तुलसीपुरमा एकजना युवा पक्राउ परेका छन् ।

श्री पाँच भण्डारी सरकारको नामवाट डिएसपी प्रकाश सापकोटाको विरुद्ध फेसबुकमा स्ट्याटस लेखेपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी १९ बर्षीय आकास भण्डारी पक्राउ परेका हुन ।

भण्डारीले डिएसपी सापकोटालाई यसअघि तुलसीपुरमा कार्यरत रहँदा उनी लागु औषधको मुद्दामा मुछिएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले कारवाही गरेको र सापकोटा राजनीतिक आडमा बढुवा भएको , तुलसीपुरमा प्रमुखको रुपमा आएपछि कुनैपनि उपलब्धिपूर्ण काम नगरेको तर युवाहरुको कपाल काट्ने र मुन्द्रा छोडाउने जस्ता काम मात्रै गरेको कुराहरु भण्डारीले स्ट्याटसमा लेखेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार