• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

सल्यान रुकुम यातायातको नियमित बैठक सम्पन्न


फागुन १६, सल्यान । 

सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानको नियमित बैठक मंगलबार सल्यान श्रीनगरमा सम्पन्न भएको छ ।

बैठकमा समितीले आगामी दिनमा कसरी प्रभावकारी, स्तरीय यातायात सेवा दिन सकिन्छ र यातायात सेवा नपुगेका ठाउँहरुमा कसरी यातायात सेवा पुर्‍याउने भन्ने विषयहरुमा छ्लफल गरिएको समितिले जानकारी दिएको छ ।
समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले सल्यान बागचौर देखि नेपालगन्ज सम्म चल्दै आएको बस सेवालाई यहि फाल्गुन १९ गते देखि शिवरथ सिमखोली बाट नेपालगन्ज सम्म संचालन गरिने,दमाचौर दहखोलादेखी तुल्सिपुर सम्म नियमित मिनि डिलक्स बस संचालन गर्ने निर्णय गरिएको समितिका बरिस्ठ उपाध्यक्ष डम्बर बहादुर कँवरले जानकारी दिए ।

समितिका अध्यक्ष लोकमान बुढाथोकीले आफू सल्यान रुकुम यातायात ब्यवसायी समितीको अध्यक्ष मात्र नभएर बागचौर नगरपालिकाको नगर प्रमुख समेत भएकाले सल्यान जिल्लाका सबै नगरप्रमुख ,गाउपालिका प्रमुखहरु र सरोकारवाला निकायहरु संग छलफल गरेर बिभित कारणले यातायात संचालन नभका ठाउँहरु बाट गाडी संचालन गर्ने तयारिमा रहेको बताए ।स्तरिय सेवा सुबिधा दिनु नै आफ्नो समितिको प्रमुख उधेश्य रहेको बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार