• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

बाबुरामले मुख खाेले- ‘गोली बर्षाउने र दीपावली मनाउने’, एमाले र माओवादीलार्इ यस्ताे ?


फागुन १६, काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले संविधान संशोधन गरेर मधेसकेन्द्रीत दललाई पनि सरकारमा ल्याउन लागेको भन्दै खुशी लागेको टीप्पणी गरेका छन् ।

माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय समाजवादी फोरमलाई ल्याउने कसरत गरिरहेकाे बेला भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा संविधानको विरोध र समर्थन गर्नेहरु अहिले एउटै ठाउँमा आउन लागेको बताउँदै खुशी व्यक्त गरेका छन् ।

भट्टराईले मधेस केन्द्रीत दलहरुले संविधानलाई सुर्इकारी नसकेको अवस्थामा नेकपा एमाले र माओवादीले दीपावली मनाएको संकेत गर्दै ट्वीटरमा लेखेका छन्, “गिलास पूरै खाली छ भन्दै संविधानमा हस्ताक्षर नगर्ने रब्ल्याकआउट गर्नेहरू र गिलास पूरै भरिएको छ, कुनै संशोधन आवश्यक छैन भन्दै दीपावली मनाउने र आन्दोलनकारीहरूमाथि गोली बर्षाउनेहरू दुबै संविधान संशोसन गरेर एउटै भातभान्सा गर्न लागेको देख्दा खुसी ! आधा गिलास खाली आधा गिलास भरी भनेकै त हो ।”

संविधान जारी भएको भोलिपल्ट संयोजक भट्टराई खुशीयाली सभामा समेत सहभागी भएका थिएनन् । उनले संविधान अपूर्ण रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार