• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

प्रदेश राजधानीकाे चर्चामा रहेकाे दाङकाे बेल्झुण्डीमा यसकारण ३४ कारोड बजेट छुट्याइयाे


फागुन १६, दाङ ।

प्रदेश नम्बर ५ काे राजधानीका लागी चर्चा भएकाे दाङकाे बेल्झुण्डीमा ३४ कारोड बजेट छुट्याएकाे छ ।

जिल्लामा खेलकुदका लागि छुट्याएकाे उक्त रकम खेलकुद रङ्गशाला निर्माण गर्न तुलसीपुर–१९ वेलझुण्डीमा बेल्झुण्डीमा विनियोजन गरीएको हो । सो खेलकुद विकाश समितिको कार्यालय परिसरमा रङ्गशाला निर्माण हुने रङ्गशाला निर्माण हुने समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताएका छन् । दाङ जिल्ला खेलकुद विकाश समितिको सक्रियाता गुरुयोजना निर्माण गरे संगै भौतिक निर्माणका लागि राष्ट्रिय खेलकुद परिसद्ले सो रकम विनियोजीत गरेको जिल्ला खेलकुद विकाश समिति दाङले जनाएको छ ।

खेलकुद परिषदले रङ्गशाला निर्माणका लागि टेण्डर समेत आहन गरेको छ । दाङलाई स्पोट सिटीको रुपमा विकाश गर्ने भनिरहेको बेला रङ्गशाला निर्माणका लागी बजेट समेत आएको छ । २०७५ सालमा दाङमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता पनि हुदैछ । जिल्लामा हाल सम्म रङ्गशाला नहुदा विभिन्न खेलकुद प्रतियोगिता गर्न अफठ्यारो हुने गरेको थियो । अव रङ्गशाला निर्माण संगै यस क्षेत्रको खेलको विकाश हुने र खेलाडीहरुलाई पनि सहज हुने समितिले जनाएको छ । ‘रङ्गशाला निर्माण लागि बजेट विनियोजीत भएको छ, खेलकुद परिसद्ले टेण्डर समेत आह्वान गरेको छ ‘, समितिका अध्यक्ष डाँगीले भने ।

सो रकमले रङ्गशाला निर्माण संगै त्यस भित्र विभिन्न भौतिक निर्माण हुने बताएको छ । रङ्गशाला निर्माणका लागि खेलकुद परिषद्ले केही दिन अगि डेण्डर गरेको र अव केही दिनमानै काडमाण्डौ गयर यसको वारेमा सवै छलफल गरी निर्माण प्रकृया अगाडि बढाउने अध्यक्ष डाँगीले बताए । ‘यो हाम्रो लागि राम्रो कुराहो बजेट परेको छ, आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पनि हामीलाई सहज हुने छ’, उनले भने । पछिल्लो समयमा दाङका विभिन्न स्थानमा खेलमैदानहरु भएपनि त्यसको विकाश भने हुन सकेको थिएन ।

दाङमा रङ्गशाला बन्न लागेको यो पहिलो पटक हो । त्यसैगरी खेलकुल विकाश समितिले अव केही दिनमानै रङ्गशालाको शिलन्यास गर्ने योजना बनाएको अध्यक्ष डाँगीले बताए । ‘अव केही दिनमा सदस्य सचिवलाई ल्याएर रङ्गशालाको शिलन्यास हुने छ, मैले पनि सवै कुरा वुझन पाएको छैन् ‘, उनले भने । टेण्डरमा ३ बर्ष देखि १० बर्ष सम्ममा रङ्गशाला निर्माण हुने लेखिएको छ । त्यसैगरी रङ्गशालामा ४०० मिटर एथेलेक्टीक रनिङ ट्रयाक, ६५मिटर चौडाई र १०० मिटर को फुटवल फिल्डलगायतका भौतिक निर्माण हुने छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार