• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

सिरियामा भएको अमानवीय कार्य प्रति दुख व्यक्त गर्दै सल्यानमा दिप प्रज्वलन


फागुन १६, सल्यान । 

सिरियामा भएको अमानवीय कार्य तथा बालबालिका माथी भैरहेको आक्रमण र हत्या प्रति दुख व्यक्त गर्दै सल्यानमा अाज (बुधबार) दिप प्रज्वलन गरिएकाे छ ।

खलंगाकाे पुरानाे बसपार्कमा बेलुका भएकाे दिप प्रज्वलनमा सिरियामा भएकाे गृहयुद्वकाे क्रममा त्यहाँकाे सरकार र द्वन्दरत पक्षबाट मानवअधिकार  र बिशेष गरि बालअधिकारकाे उल्लंघन भएकाे भन्दै एक मिनेट माैन धारण सहित दुख व्यक्त गरिएकाे थियाे ।

दिप प्रज्वलन सँगै सिरियामा भएका त्यस्ता दुखत खालका अमानबिय गतिबिधिलार्इ बन्दगरि नागरिक तथा बालबालिका बाँच्न पाउने अधिकारकाे ग्यारेण्टीकाे लागि सल्यानका नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नागरिक समाज, इन्सेक, दलित विकास (DDS), र हरप्लेसले नेपाल सरकार मार्फत अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार