• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

काठमाण्डाैँमा जथाभावी लोला हान्ने २७ जना पक्राउ, यस्ताे चलार्इदैछ मुद्दा


फागुन १७, काठमाडौ ।

राजधानी काठमाण्डाैँकाे विभिन्न ठाउँबाट होलीमा जथाभावी लोला हान्ने २७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाडौंको कालिमाटी क्षेत्रबाट २० जना, गंगबुबाट २ जना र बाफलबाट ५ जना पक्राउ गरिएकाे परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने परिसरले जनाएको छ ।

प्रहरीले होलीलाई मर्यादित र सभ्य बनाउन काठमाडौंको १ सय ६ ठाउँमा प्रहरी टोली परिचालन गरेको छ भने २० वटा मोवाइल टोली खटाइएको छ ।बाटो छेकेर होली खेलेको पाइए उनीहरूलार्इ समेत नियन्त्रणमा लिइएको छ । साथै होलीमा नियमविपरित रुपमा चलाइएका १ सय ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ओभरलोड, माधक पदार्थ सेवन र विना लाइसेन्स कुदाइएका सवारीसाधानलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार