• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

माओवादी केन्द्रका नेता रावलको निधन, अन्त्यष्टीमा प्रचण्ड जाँदै


 फागुन १७, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का नेता झंकर रावलको निधन भएको छ । अछामको कम्युनिस्ट अान्दोलनका संस्थापकमध्येका एक रावलको विहीबार निधन भएको हो ।

दोस्रो संविधानसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर दुईबाट चुनाव लडेका रावल लामो समयदेखि किड्‍नी, सुगरलगायतका रोगबाट पीडित थिए । उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो । हक्की स्वभावका रावलले कम्युनिस्ट अान्दोलनमा इमान्दार र स्वाभिमानी नेताको छवि बनाएका थिए ।रावलको शुक्रबार अन्त्यष्टी गरिने मनोज रावलले जानकारी दिए ।

माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका रावलको अन्त्यष्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल प्रचण्ड सहितका नेताहरु सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार