दलसिंह गिरी
फागुन १७, सुर्खेत ।
बसन्त ऋतुको आगमन संगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बृद्धबृद्धाहरुसँग खुशी साटासाट गरी मनाएका छन् ।
मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरको प्रशान्ती बृद्धाश्रममा पुगेर बृद्धबृद्धा संग खुशी साटासाट गरी होली मनाएका हुन् ।
होलीको अवसर पारी मुख्यमन्त्री शाहीले बृद्धबृद्धाहरुलाई कम्मल, फलफुल र केही नगद वितरण गरी होली मनाएका छन् । कर्णाली पद्रेशका मुख्यमन्त्री शाहीले ‘भगवान खोज्दै धार्मिक स्थल धाउनुको सट्टा बृद्धाश्रम पुगेर बृद्धबृद्धाहरुको सेवामा लाग्नु पुण्य कमाउनु हो भन्दै सबै सचेत नागरिकले बृद्धबृद्धाहरुलाई माया तथा स्नेह प्रकट गरी सेवामा लाग्न आग्रह समेत गरेका छन् ।
बृद्धबृद्धाहरुको सेवा गरिरहेको प्रशान्ती बृद्धाश्रमको प्रशंसा गर्दै शाहीले प्रशान्ती बृद्धाश्रमलाई कर्णाली प्रदेशकै नमुना बृद्धाश्रम बनाउने प्रतिवद्धता गरेका छन् ।
हाल आश्रममा रहेका आठ जना बृद्धबृद्धाहरुको गुनासा सुन्दै शाहीले नागरिकता विहिन केही वृद्धाहरुलाई तत्काल नागरिकता प्रदानका लागि प्रक्रिया थाल्ने बताए ।
मुख्यमन्त्री शाहीले प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ संग प्रत्यक्ष भेटगरी आश्रमको भौतिक पूर्वाधारको अवस्था र यसको आवश्यकताका बारे जानकारी लिनुका साथै आश्रमले हाल गरिरहेको कामको अनुगमन समेत गरेका छन् ।