• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

काँग्रेस नेता रमेश लेखकले मुख खाेलेः ‘ओलीको अधिनायकवादी कार्यशैली हाे’


फागुन १७, रामेछाप ।

काँगेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले निवर्तमान सरकारले सिफारिस गरेका राष्ट्रिय सदस्यको नाम फिर्ता लिनु ओली सरकारको अधिनायकवादी कार्यशैली भएको बताएका छन् ।

अाज शहिद टिकाराज आरणको १८औँ श्रद्धाञ्जली सभा तथा शालिक शिलान्यासका लागि रामेछापको मन्थली पुगेका नेता लेखकल संघीय संसदको सपथ नलिई प्रधानमन्त्री बन्न हतार गरेर केपी ओलीले सत्तालोलुप्ता देखाएको आरोप लगाएका छन् । उनले काँग्रेस नेतृत्वमा भएका कामको सफल कार्यन्वयनका लागि अव काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।

शान्ति प्रक्रिया टुंगाउन, संविधान निर्माण गर्न र तीन तहकै निर्वाचन मार्फत संविधान कार्यन्वयनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निभाएको उनले बताए । काँग्रेसले अंकगणितमा चुनाव हारेपनि मुद्दामा चाहिँ जितेको लेखकको दावी थियो ।

पार्टीका आन्तरिक विवाद हल गरेर काँग्रेस नयाँ तरिकाले उठ्नुपर्ने नेता लेखकको भनाई थियो ।

आरणको ससस्त्र द्धन्द्धको बेला तत्कालीन विद्रोहीपक्षबाट हत्या भएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार