• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

अायाे ताजा खबरः ओली, प्रचण्ड र यादवबीच सहमति, शनिबार यस्ताे हुदै


फागुन १७, काठमाण्डाैँ । 

एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धन र संघीय समाजवादी फोरमबीच शनिबार दुई बुँदै सहमतिमा हस्ताक्षर हुने भएको छ। संविधान संसोधन र सरकारमा सहकार्य सम्बन्धी दुई बुँदा समेटिएको सहमति पत्रमा शनिबार हस्ताक्षर गर्ने समझदारी दुई पक्षबीच आज भएको बैठकले गरेको छ।

हस्ताक्षरका लागि तयार पारिएको सहमति पत्रमा दुई बुँदा छन्। पहिलो बुँदामा संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका संविधान संसोधनसँग सम्बन्धित मागहरु संसोधन गरी टुङ्ग्याउने, सरकारी निर्णयद्वारा पुरा हुने माग मन्त्री परिषदले निर्णय गर्ने र कतिपय विषय सरकारको नीति तथा कार्यक्रममा उल्लेख गर्ने कुरा उल्लेख छ।

दोस्रो बुँदाले चाहिँ फोरमलाई सरकारमा जाने बाटो खुल्ला गरिदिएको छ। त्यो बुँदामा फोरमले उठाएका मागहरु सहमतिका आधारमा पुरा गरिने उल्लेख गर्दै त्यसका लागि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने मस्यौदा गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ। सहमति पत्रमा हस्ताक्षरसँगै संघीय फोरम सरकारमा जाने बाटो खुल्नेछ।

उपरोक्त दुई बुँदे सहमतिपत्र दुबै पक्षले बुधबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा तयार गरिएको थियो। सहमति पत्रको मस्यौदा तयार गरिएपनि आआफ्नो पार्टीभित्र छलफल गरेर पारित गरेपछि मात्र त्यसमा हस्ताक्षर गर्ने सहमतिका साथ दुबै पक्षले हिजोको बैठक टुङ्ग्याएका थिए।

हिजो साँझ जुटेको सहमतिका सम्बन्धमा दुबै पक्षले पार्टीभित्र छलफल गर्न भ्याएका थिएनन्। छोटो समय र होलीका कारण आआफ्नो पार्टीभित्र छलफल गर्न नपाएको जानकारी गराएका थिए। त्यसक्रममा यादवले मधेशमा मनाइने होलीका कारण आफू त्यसतर्फ जान लागेको बताएका थिए भने प्रचण्डले पनि आफू हतारमा रहेको बताएका थिए।

त्यसपछि दुबै पक्षले पर्सीसम्म आआफ्नो पार्टीमा सहमति भएका उपरोक्त विषयलाई पारित गर्ने र पर्सी सहमतिपत्रमा हस्ताक्षर गर्ने निर्णय गर्दै बैठक टुङ्ग्याएका थिए। उपरोक्त सहमति पत्रमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय फोरमका अध्यक्ष यादवले हस्ताक्षर गर्नेछन्। नेपाल खबरबाट

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार