• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

दाङमा सडक सुरक्षाको लागि राखिएको ऐना चोरी


फागुन १७, दाङ ।

दाङमा सडक सुरक्षाको लागि राखिएको ऐनापनि चोरी भएको छ ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री नजिक राखिएको एउटा (कनभेक्स
मिरर) ऐना चोरी भएको छ । गत माघ महिनको ७ गतेका दिन अतेन्तै जोखिम युक्त मानिने तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर क्षेत्रमा ४ वटा ऐना राखिएको थियो ।

तुलसीपुरस्थित गोरखा माविको आर्थिक सहयोगमा चारवटा ऐना किनेर सडक सुरक्षाको लागि स्थापना गरिएको भएपनि एक महिनाको अन्तरमै त्यो चोरी हुनु दुःखद पक्ष भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक बिवेक महराले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार