• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

वैद्यले भने- ओली सरकारले देशलाई फासीवादतिर लिदैछ, हामी अागाेकाे झिल्को हौं


लेकाली अनलाइन
फागुन १७, काठमाडौं ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)ले ओली सरकार कम्युनिष्ट नभएर फासीवादी बाटोमा अघि बढेको बताएका छन् । उनले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई बिराटनगरमा केपी ओली नेतृत्वको सरकारले गिरफ्तार गरेको भन्दै यस्ताे बताएका हुन् ।

गोपाल किरातीको नेतृत्वमा राजधानीमा आयोजित अखिल क्रान्तिकारीको भेलालाई सम्बोधन गर्दै नेता वैद्यले नेकपाका हेमन्तप्रकाश ओली र पदम राई लगायतका नेताहरुले शान्तिपूर्ण बिराटनगरमा तरिकाले काम गर्दा अाेलि सरकारकाे धरपकडले देश र जनताको मुक्तितिर भन्दापनि देशलाई फासीवादतिर लैजाने बताएका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पतन अनिवार्य रहेको दाबी समेत गरेका छन् । ओली सरकारले देउवाले समेत गर्न नसकेको काम गरेको तर्क गर्दैै वैद्यले अाेलीको पतन निश्चित भएकाे बताएका हुन् । उनले भने-” जनयुद्ध लडेका हामीहरु, झापा विद्रोह गरेका नेताहरु, यही हो ? कम्युनिष्ट हो कि हैन ? प्रष्टै देखिन्छ । त्यसकारणले उहाँहरुको पतन निश्चित छ । अनिवार्य छ ।”

आफूहरु आगोको झिल्को भएको भन्दै उनले अब क्रान्तिकारी कम्युनिष्टहरु एक भएर क्रान्ति सफल पार्नुपर्ने बताएका छन् ।

सानाे विस्तारै ठुलाे हुने भन्दै वैद्यले क्रान्तिकारीहरु सुरुमा सानै हुने बताएका छन् । उनले भने-“हामी ठूला छौं भनेर कुनै घमण्ड गर्नुपर्दैन । हामी क्रान्तिकारी भनेको आगोको झिल्को हो । निभ्दैन । माओले भनेको हामीलाई थाहा छ । एउटा सानो झिल्कोले सारा जंगलमा आगो लगाउँछ भनेर भन्या हो । हामी झिल्को हौं ।”

नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजाने भन्दै वैद्यले क्रान्ति गर्ने बताएका छन् । अनले भने-” पुँजीवादी जनवादी क्रान्ति पूरा भएको छैन । पुँजीवादी जनवादी क्रान्तिलाई पूरा गर्दै वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा दृढतापूर्वक अगाडि बढौं ।  हामीले फेरि मिहेनत गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने ऐतिहासिक मिसनमा हामी दृढतापूर्वक अगाडि बढौं ।”अब सच्चा क्रान्तिकारी कम्युनिष्टहरु छितरिएर नहुने भन्दै वैद्यले एक ठाउँमा आउनुपर्ने र क्रान्तिकारीहरुको वीचमा एकता जरुरी रहेकाे बताएका छन् । त्यसकाे लागी अाफुहरुले कोशिस गरिरहेकाे समेत उनले दावि गरेका छन् ।

नेता वैद्य माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक गुरु मानिन्छन् ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार