• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

नेपालमा भारतीय जिपले ठक्कर दिदा एक जनाकाे मृत्यु


फागुन १८,  कञ्चनपुर ।

नेपालकाे कञ्चनपुरमा भारतीय नम्बरको जिपको ठक्कर दिदा एक जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार राति जिल्लाकाे भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दलार्इ युके ०३७१०१ नम्बरको भारतीय जिले ठक्कुर दिदा मृत्यु भएकाे हाे । गड्डाचौकीबाट भीमदत्तनगरतर्फ हिडेकाे जिपको ठक्करले पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिप चालकको खोजी भइरहेको जनाएको छ । मृतकका आफन्तले चालकलाई नियन्त्रणमा लिएर कारबाहीको माग गर्दै शव दुर्घटनास्थलबाट उठाउन दिएका छैनन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार