फागुन १८, चितवन ।
नारायणीमा पौडी खेल्न गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् ।
रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त पौडी खेल्न जाँदा बिहीबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएकाे छ ।